PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

तीन किलो चरेशसहित कैलालीको गोदावरीबाट तीनजना पक्राउ



पहिलोपोस्ट

तीन किलो चरेशसहित कैलालीको गोदावरीबाट तीनजना पक्राउ

भीमदत्तनगरः प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागूऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। 

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सरेशराम विक, गणेश भट्टराई र यज्ञबहादुर सिंह छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको ब्यूरोले जनाएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell