राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
काठमाडौँबाट झापाको दमक गइरहेको मे १ ज २७९१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सुनसरी इनरुवा नगरपालिका–३ का २८ वर्षीय इन्द्रदेव उराउको मृत्यु भएको हो।
सडकमा हिंडिरहेका गाई गोरु बचाउने क्रममा जिप सडकबाट पल्टेको थियो।रासस