PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

लोक राईको आधुनिक गीतमा राजेश पायल राईको स्वर



पहिलोपोस्ट

लोक राईको आधुनिक गीतमा राजेश पायल राईको स्वर

काठमाडौं: गीतकार लोक राइको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। ‘लोकको मायालु’ बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो।

लोक राईको शब्द रहेको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने दिनेश सुब्बाले संगीत दिएका छन्। कुमार थापाको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक तथा फोटो पत्रकार नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका हुन्।

सगर थापा र सब्बु गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोमा सतिस श्रेष्ठको सम्पादन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell