
काठमाडौं : शिवम् न्यूडायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रवार भएको क्वाटरफाइनलमा नैकापको न्युडायमण्डले चितवनको मेधैली स्पोर्टस् एण्ड एजुकेशन क्लबलाई ३–० को सोझो सेटमा हरायो। राष्ट्रिय खेलाडीद्वय प्रतिभा माली र सेटर कृपा अधिकारी रहेको न्यूडायमण्डले मेधैली स्पोर्टस्माथी २५–११,२५–१६, २५–८ को सहज जित निकालेको हो।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको महिलातर्फको खेलमा सफलता हात पादै प्यारामाउण्ट, ढोरपाटन र एभरेष्ट स्कुल पनि अन्तिम चारमा प्रवेश गरेका छन्।
क्वाटरफाइनलमा काठमाण्डौको प्यारामाउण्ट स्कुलले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५–२१,२५–१९, २५–१४ को सोझो सेटमा हराउदै शिवम् न्युडायमण्डसग सेमिफाईनलमा भेट पक्का गरेको हो।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस् क्लबले पोखराको टप्स माबिमाथी २५–१५,२७–२५, २७–२५ को कठिन जित निकाल्यो। त्यस्तै रुपन्देहीको एभरेष्ट स्कुलले दाङको श्रीगाउँ खेलकुद बिकास समितिलाई २५–२२,२५–१३, २५–२० को सोझो सेटमा हरायो। महिलाको दोश्रो सेमिफाइनलमा ढोरपाटन र एभरेष्ट खेल्ने छन्।
यस्तै पुरुषतर्फ कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी र काठमाण्डौंको सेक्रेटहार्ट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। काठमाण्डौको सेक्रेटहार्ट स्कुलले बुढानिलाकण्ठको थ्री स्टार एकेडेमीलाई २५–१८,२५–२३, २५–२३ को सोझो सेटमा हरायो। पुरुषतर्फको सेमिफाइनलमा सेक्रेटहार्टले नुवाकोटको बुङताङसंग खेल्नेछ।
त्यस्तै लिटिलबुद्ध एकेडेमीले भत्तपुरको स्प्रिङडेल एकेडेमीलाई २५–२१, २५–२३, २५–१७ को सोझो सेटमा हरायो। पुरुषतर्फ न्युटन र ढोरपाटनबीचको तेश्रो क्वाटरफाइनल खेल लाईट प्रोटेष्टका कारण स्थगित भएको छ। न्युटन र ढोरपाटन बीचको विजेताले सेमिफाइनलमा लिटिलबुद्धसंग खेल्नेछ।