
झापा : प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन्।
मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको बेला उनी फरार भएका हुन्। भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए।
पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट राति पौने नौ बजे फरार भएका प्रहरीले जनाएको छ। फरार माझीको खोजी भइरहेको बताइएको छ।रासस