PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चीनको तीआनजिनका अत्यधिक प्रदूषण गराउने नौ हजार कम्पनी बन्द



पहिलोपोस्ट

चीनको तीआनजिनका अत्यधिक प्रदूषण गराउने नौ हजार कम्पनी बन्द
फोटो श्रोतः zeenews

चीन :  चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यसवर्ष अत्याधिक प्रदूषण गराउने नौ हजार ८१ कम्पनी बन्द गरिदिएको छ।

कुल १९ हजार कम्पनी मध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ। 

सन् २०१७ मा गरिएको परिक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ। 

अन्य कम्पन्नीहरुले वातावरण संरक्षण सम्वन्धी मापदण्ड पुरा नगर्दा सम्म अहिले बन्द भएका कम्पनीहरु खोल्ने सम्भावना पनि नभएको विभागका प्रमुख वेन वुरुइले जानकारी दिए। धेरै वायु प्रदूषण गरेका कम्पनीहरुलाई शुक्रबार सुन्तला रङको संकेत लगाइएको छ। 

प्रदूषण सम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङहरुको प्रयोग गर्ने गरिन्छ। ती मध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र निलोले क्रमशः कम प्रदूषणको संकेत गर्दछन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell