PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

शंकास्पद गतिविधि देखिएपछि ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द



पहिलोपोस्ट

शंकास्पद गतिविधि देखिएपछि ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द
फोटो श्रोतः britannica.com

वासिङटन : अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा शुक्रबार बिहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ। 

गुप्तचर निकायले भनेको छ–ह्वाइट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्।

गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ। ह्वाइट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट हट्न भनिएको थियो। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई र एसियाको भ्रमणका लागि राष्ट्रपति कार्यालय छाडे लगत्तै यस्तो घटना भएको हो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell