PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

एएफसी यू-१९ क्वालिफायर : नेपालले आज युएईसँग खेल्दै



पहिलोपोस्ट

एएफसी यू-१९ क्वालिफायर : नेपालले आज युएईसँग खेल्दै
फोटो : एफएफकेआर

काठमाडौं : कीर्गिस्तानमा भइरहेको एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरअन्तर्गत तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमरजाकोभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ।

शुरुको दुई खेलमा पराजित भएको नेपालले अहिलेसम्म गोल गर्न सकेको छैन।

पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा बहराइनसँग ४-० ले हारेको थियो।

दुई खेल खेल्दा अंकविहिन रहेको नेपाल ५ टोली सम्मिलित समूह ए मा पूछारमा छ। छनोट हुने झिनो सम्भावना कायम राख्न आजको खेल नेपालको लागि गर या मरको स्थितिमा छ।

युएईसँग पराजित भए नेपाल छनोट चरणबाट बाहिरिने पक्का छ। जितले भने केही आशा जगाउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell