PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जोरपाटी–सुन्दरीजल सडक मर्मत सुरु



पहिलोपोस्ट

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत सुरु भएको छ। 

सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो।

आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौं नागरिकले सास्ती खेप्नु परिरहेको छ। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले हजारौं नागरिकको समस्यालाई समाधान गर्न बाटो मर्मतलाई उच्च प्राथमिकतामा राखी शुक्रबारदेखि काम सुरु गरिएको जानकारी दिए। 

सडक मर्मत कार्यको अनुगमन गरिरहेहेकी नगर उपप्रमुख शान्ति नेपालले सडक मर्मतले नागरिकको दैनिक समस्या समाधान गर्न कामलाई छिट्टै सम्पन्न गरिने प्रतिबद्धता जनाइन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell