PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य : थापा



पहिलोपोस्ट

प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य : थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताएका छन्। 

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै अध्यक्ष थापाले मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन निर्वाचन नै प्रमुख माध्यम रहेको बताए। 

उनले राष्ट्रमा राजनीतिक परिवर्तन भएपनि जनताले आर्थिक समृद्धि, मौलिक हकको प्रत्याभूति र आर्थिक आत्मनिर्भर महसुस गर्न नसकेकाले अहिले हुन लागेको निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्ने बताए। 

प्रशिक्षणमा प्रदेश नं १, २ र ३ का जिल्लास्तरका अध्यक्ष, सचिव, कोषाध्यक्ष र केन्द्रीय पदाधिकारी गरी २५५ जनाको सहभागिता रहेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell