PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

यसकारण अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण हुनेछ



पहिलोपोस्ट

यसकारण अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण हुनेछ

बेइजिङ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को साता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुले बताएका छन्। 

उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाहरुका साथै राजनीतिक विषयहरुमा पनि विशेष अर्थ राख्ने बताएका छन्। 

राष्ट्रपति ट्रम्प आगामी साता चीन भ्रमणका लागि आउँदैछन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। 

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका उपविदेशमन्त्री चेङ चेजुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण आफैमा महत्वपूर्ण भएको बताउँदै उहाँहरुबीच हुने द्विपक्षीय वार्ताले चीन अमेरिका सम्बन्धमा विशेष महत्व थप्ने जानकारी दिए। 

पत्रकार सम्मेलनमा उनले भने, ‘यो भ्रमणले दुई देशबीचको अगामी दिनको सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय एवम् कैयौं विश्व मामिलाहरुमा साझा धारणाको विकास गर्नका लागि मद्दत पुग्नेछ।’
 
उपविदेशमन्त्री चेङले अमेरिकी राष्ट्रपति ट्रम्पको चीनको भ्रमणलाई सफल र भव्य बनाउन चीनले विशेष किसिमले काम गरिरहेको जानकारी पनि सो प्रेस सम्मेलनका अवसरमा दिनुभएको थियो । 

भ्रमणमा औपचारिक कार्यक्रम र वार्ताका अतिरिक्त विभिन्न अनौपचारिक अन्तरक्रिया र अवलोकन एवम् भ्रमणका कार्यक्रम पनि राखिएको समाचारमा जनाइएको छ। 

द्विपक्षीय लगानी र व्यापारका विषयमा भ्रमणका अवसरमा आवश्यक मात्रामा छलफल हुनेछ। भ्रमणका क्रममा व्यापार अभिबृद्धिगरी यसको सन्तुलन कायम राख्ने तथा लगानीका नयाँ नयाँ क्षेत्रहरुको पहिचान र कार्यान्वयनका बारेमा पनि छलफल हुने उनले जानकारी दिए। 

कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका लागि चीनले राष्ट्रसंघीय कानुन र मान्यताबमोजिम काम गरिरहेको जानकारी दिँदै उपविदेशमन्त्री चेङले यदि यस विषयमा भ्रमणका क्रममा कुरा उठ्यो भने आगामी दिनमा वार्ता र शान्तिपूर्ण रुपबाटै यसको समाधान गर्नुपर्छ भन्ने पक्षमा चीन रहेको पनि बताए। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell