.jpg)
- चन्द्रकान्त खनाल
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म लुम्बिनी अञ्चल अस्पतालमा २५ जना डेंगुका बिरामी भेटिएका थिए। असोजको १६ गते लुम्बिनी अञ्चल अस्पतालमै ११ जना डेंगुका बिरामी थपिए। त्यस्तै असोजको १६ पछि एक महिनाको अवधिमा अस्पतालमा ३१८ जना डेंगुका बिरामी थपिए।
असोजको तेस्रो सातामा रुपन्देहीमा महामारीको रुप लिएको डेंगुबाट एक साताभित्रै दुई जनाले ज्यान गुमाए। अहिले पनि लुम्बिनी अञ्चल अस्पतालमा करिब ४० जना डेंगुका बिरामी उपचाररत रहेका अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए।