
चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
चितवनको माडीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन्।
तिमिल्सिना माओवादीमा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डे समस्यामा परेका छन्।