हवाना : क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नोभेम्बर २६ तारिखमा हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले जनाएको छ।
आयोगले जारी गरेको वक्तव्यका अनुसार कुल उम्मेदवारमध्ये ३५.४ प्रतिशत उम्मेदवारहरु महिला रहेका छन्।
त्यसैगरी झण्डै ६६.४४ प्रतिशत उम्मदेबारहरु दोहोर्याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ।
क्युबामा उम्मेदवारहरुलाई कुनै एउटा राजनीतिक पार्टीको उम्मेदवारको रुपमा प्रचार गर्न नपाइने व्यवस्था रहेको छ।
आफ्नो फोटो र जीवनीको प्रचार गरेर उम्मेदवारहरुले मतदातासँग मत माग्न पाउने छन् भने मतदाताले पनि त्यसैका आधारमा उम्मेदवारको छनौट गर्नेछन्।
उम्मेदवारमध्येबाट १५ प्रदेश सभाका लागि र उम्मेदवारमध्ये आधा राष्ट्रिय सभाका लागि छनौट हुनेछन्।
क्युबामा नगरपालिका स्तरको निर्वाचन हरेक साढे दुई वर्षमा हुने गरेको छ भने प्रदेश तथा राष्ट्रिय सभाका लागि पाँच वर्षमा निर्वाचन हुने गरेको छ।
अहिलेका राष्ट्रपति राहुल क्याष्ट्रोको पाँच वर्षे दोस्रो कार्यकाल आगामी सन् २०१८ को फेब्रुअरीमा सकिनेछ। रासस