PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

वलीको अन्योलता : उम्मेदवारी फिर्ता लिने नलिने



पहिलोपोस्ट

वलीको अन्योलता : उम्मेदवारी फिर्ता लिने नलिने

काठमाडौं : चर्चित लोकगायिका कोमल वलीले प्रतिनिधि सभा सदस्यमा  दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्रमा दिएको उम्मेदवारी फिर्ता लिने नलिने अन्योलमा परेकी छिन्।  

एमाले नेताहरु उम्मेदवारी फिर्ता लिन पटक पटक आग्रह गरेपछि के गर्ने दोधारमा भएको बताइन्। पहिलो पोस्टसँगको कुराकानीमा वलीले भनिन् अहिलेसम्म उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगिसकेको छैन। एमाले नेतासँग छलफल भइरहेको छ।

आफूले एमाले पार्टी नछोडेको तर, स्वतन्त्रमा उम्मेदवारी दिएको बताए। 'भोलीसम्म उम्मेदवारी फिर्ता गर्ने समय छ हेरैँ के हुन्छ' उनले भनिन्।

केही समयअगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी वलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी हुन्। रेडियो नेपालको जागिर छोडेर राष्ट्रिय प्रजातान्त्रिक पार्टिमा प्रवेश गरेकी उनी निर्वाचित केन्द्रीय सदस्यसमेत भइन्। केही महिनाअगाडि मात्र उनी एमालेमा प्रवेश गरेकी थिइन्।

एमाले राजनितिमा प्लेटफर्म हेरेर प्रवेश गरेको बताउने उनी एमालले टिकट नदिएर अन्याय गरेको बताउँदै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell