PahiloPost

Jun 24, 2025 | १० असार २०८२

आयोगले दोषी ठहर गरे बाँदरमुढे घटनामा संलग्नलाई कारबाही हुन्छः प्रचण्ड



राजेन्द्र आचार्य

आयोगले दोषी ठहर गरे बाँदरमुढे घटनामा संलग्नलाई कारबाही हुन्छः प्रचण्ड

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको बाँदरमुढे घटनाका दोषीलाई कारबाही गर्न तयार रहेको बताएका छन्।

चितवनको माडीमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मलमिलाप र बेपत्ता छानविन आयोगले काम गरिरहेकाले आयोगले दोषी ठहर गरे संलग्नहरुलाई कारबाही गरिने बताए। 

प्रचण्डले आफूले घटना भएलगत्तै गल्ती भएको स्वीकार गरेको बताए। उनले सरकार परिवर्तन भइरहने गरेकाले बाँदरमुढे घटनाका पीडितको सबै माग पूरा गर्न नसकेको र वामपन्थी सरकार बनेपछि पूरा गर्ने आश्वासन दिए।

प्रचण्डले चुनाव जित्न लागि मात्र नभई राष्ट्रको नेतृत्व गर्न  चितवन आएको बताए। २०६२ साल जेठ २३ गते माओवादीले थापेको विद्युतीय धरापमा बस पर्दा ३८ सर्वसाधारणको मृत्यु भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell