PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

ग्लोबल योगा एक्सचेन्जमा नेपालका चार योगगुरुको प्रदर्शनी



पहिलोपोस्ट

ग्लोबल योगा एक्सचेन्जमा नेपालका चार योगगुरुको प्रदर्शनी


काठमाडौं : चीनको सान्यामा सम्पन्न ग्लोबल योगा एक्सचेन्स कार्यक्रममा नेपालबाट नेपालबाट पुष्करराज पन्त लगायत चारजना नेपाली योग गुरुहरुको समेत प्रदर्शनी रहेको थियो।

२५ देखि २९ नोभेम्बरसम्म चीनको सान्यामा सम्पन्न पाँच दिने योगा एक्सचेन्ज कार्यक्रमा नेपाल, अमेरिका, भारत, चीन लगायत विश्वका २० भन्दा बढी मुलुकबाट आएका झण्डै २०० योग प्रशिक्षकको सहभागिता थियो।

उनीहरुले हजारौं योगप्रमीहरुका अगाडी योग सम्बन्धी स्वास्थ्य संरक्षण एवं उपचार पद्धतिका साथै आकर्षक योगकला प्रस्तुत गरेका थिए।

चीनको सान्या नगरपालिकाद्धारा सञ्चालित उक्त कार्यक्रममा सान्या शहरमा प्राकृतिक योग स्टुडियो खोलिने विषयमा जानकारी समेत गराईएको थियो। उक्त स्टुडियो खोल्ने समझदारीमा नेपाल र भारतकातर्फबाट पनि हस्ताक्षर भएको थियो।

लगातार चार वर्षसम्म नेपालको राष्ट्रिय बक्सिङ च्याम्पियन रहेका पतन्जली योगपीठका योग प्रशिक्षक एवं स्पोर्ट्स प्रमोशन अर्गनाईजेशन अफ नेपालको अध्यक्षको रुपमा सहभागी भएका पुष्करराज पन्तले योगा सम्बन्धी विभिन खालको प्याकेस प्रस्तुत गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell