PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

गोविन्दराज जोशीको उम्मेदवारी रद्द, भ्रष्टाचारमा दोषी ठहरिएकाले चुनाव लड्न अयोग्य



पहिलोपोस्ट

गोविन्दराज जोशीको उम्मेदवारी रद्द, भ्रष्टाचारमा दोषी ठहरिएकाले चुनाव लड्न अयोग्य

काठमाडौं : तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशीले चुनाव लड्न नपाउने भएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका जोशीविरुद्ध शुक्रवार तनहुँ जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। 

उजुरीको छानविन गर्दा जोशी उम्मेद्वारका लागि अयोग्य ठहरिएको आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगले उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशितसमेत गरेको छ। जोशीविरुद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उजुरी दिएका थिए। 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल जोशी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको र सो निर्णय हालसम्म कायमै रहेकाले उम्मेदवार हुुन नसक्ने जानकारी दिए।

जोशीलाई विशेष अदालतले २०६९ साल साउनमा दोषी ठहर गरेको थियो। विशेष अदालतबाट दोषी ठहरिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै पौडेलले उजुरी दिएका हुन्। 

ऐनको दफा १३ मा उम्मेदवारको अयोग्यताको प्रावधान उल्लेख छ। जोशीले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन्। मुद्दाको अन्तिम सुनुवाई सर्वोच्च अदालतबाट हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell