PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एएफसी यू-१९ क्वालिफायर : पेनाल्टी चुकाउँदा नेपाल युएईसंग पराजित, समूह चरणबाटै बाहिरियो



पहिलोपोस्ट

एएफसी यू-१९ क्वालिफायर : पेनाल्टी चुकाउँदा नेपाल युएईसंग पराजित, समूह चरणबाटै बाहिरियो

काठमाडौं : अभिषेक रिजालले ९०औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा मा युएईसंग १-० ले पराजित भएको छ।

लगातार तेस्रो हारपछि नेपाल क्वालिफायरमा एक खेल बाँकी छदै बाहिरिएको छ। रिजालको पेनालटी प्रहार युएईका गोलरक्षकले डाइभ हान्दै रोकेका थिए।

कीर्गिस्तानको बिस्केकमा भएको खेलमा युएईलाई दोस्रो जित दिलाउन ७२औँ मिनेटमा खलफान हसनले गरेको गोल नै निर्णायक बन्यो।

यसअघि नेपाल कीर्गिस्तानसंग २-० तथा बहारइनसंग ४-० ले पराजित भएको थियो।

लगातार दुई जितपछि ६ अंक जोडेको युएई अंक तालिकामा शीर्ष स्थानमा छ। यस्तै बहराइनलाई २-१ ले पराजित गर्दै ६ अंक नै जोडेको आयोजक कीर्गिस्तान गोल अन्तरमा पछि रहदै दोस्रो स्थानमा छ।

समान दुई खेल खेलेका बहराइन र ओमानले एक-एक खेल जितेका छन् भने एक-एक खेल हारेका छन्।

नेपालले समूह ए मा अन्तिम खेल बुधबार ओमानसंग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell