PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

प्रिमियर लिग : लिभरपुलको चार गोल



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलको चार गोल

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ४-१ ले पराजित गरेको छ।

अवे मैदानमा लिभरपुललाई सहज जित दिलाउन मोहम्मद सलाहले २ गोल गरे भने जोएल मतिप र एलेक्स च्याम्बरलाइनले एक-एक गोल गरे। वेष्टहमका लागि मानुएल लान्जिनीले एक गोल फर्काए। जितपछि ११ खेलबाट १९ अंक जोडेको लिभरपुल अंक तालिकामा छैंटौँ स्थानमा उक्लिएको छ।

चेल्सी आर्सनल र बरनलीको पनि समान १९ अंक छ। तर गोल अन्तरका आधारमा चेल्सी चौथो, आर्सनल पाँचौ र बर्नली सातौँमा छ।

आर्सनल र चेल्सीले एक खेल कम खेलेका छन्। आर्सनलले आज म्यानचेष्टर सिटीको भ्रमण गर्दैछ भने चेल्सीले घरेलु मैदान म्यानचेष्टर युनाइटेडसंग खेल्दैछ।

लिग अन्तर्गत अन्य खेलमा हडल्शफिल्ड टाउनले वेष्टब्रोमलाई, बर्नलीले साउथह्याम्पटनलाई, एएफसी बर्नमाउथले न्यूकासल युनाइटेडलाई तथा ब्राइटनले स्वान्सी सिटीलाई समान १-० ले पराजित गरेको छ। स्टोक सिटी र लेस्टर सिटीले भने २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell