
लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा अपराजिया यात्रा कायम राख्दै सेभियालाई पराजित गरेको छ। फ्रान्सेस्को अल्कारसेरको दुई गोल मद्दतमा बार्सिलोनाले गएराती सेभियालाई २-० ले हरायो।
२३औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका अल्कासेरले ६५औँ मिनेटमा विजयी गोल गरे। सेभियाका लागि ५९औँ मिनेटमा गुइडो पिजारोले बराबरी गोल फर्काएका थिए।
सिजनको दशौँ जितपछि ११ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सिया भन्दा ४ तथा चौथो स्थानको रियल भन्दा ११ अंकले अगाडी छ।
भ्यालेन्सियाले लेगानेसलाई ३-० ले पराजित गर्दै बार्सासंग अंक १ मा झारेको गरेको थियो। तर बार्साले जित हात पार्दै भ्यालेन्सयासंग अंक दुरी पुन: ४ बनाएको हो।
११ खेलबाट २७ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा यथावत छ। यस्तै इन्जुरी टाइममा थोमसले गरेको गोल मद्दतमा एथ्लेटिको मड्रिडले डेपोर्टिभा ला कुरानालाई १-० ले हराउँदै ३ अंक जोडेको छ।
११ खेलबाट २३ अंक रहेको एथ्लेटिको तेस्रो स्थानमा छ। एक खेल कम खेलेका रियल मड्रिड २० अंकका साथ चौथो स्थानमा छ।