PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

किन भइरहेको छ इरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको विरोध?



पहिलोपोस्ट

किन भइरहेको छ इरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको विरोध?

तेहरान: इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौ इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन्।

सन् १९७९ मा अमेरिकी राजदूतावासलाई नियन्त्रणमा लिएको दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो।

इश्लामिक आन्दोलन शुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण निम्तिएको दुई देशबीचको कुटनैतिक समस्या आजका दिनसम्म पनि निरन्तर रहेको छ।

अमेरिकाले इरानविरुद्ध लगाइएको नयाँ प्रतिबन्धको विरोधमा निकालिएको जुलुसमा प्रदर्शनका क्रममा अमेरिकी झण्डा तथा ट्रम्पको पुत्लासमेत जलाइएको थियो।

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले भने, “यस बर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान विरोधी नीतिका कारण धेरै इरानी नागरिक अमेरिका विरुद्ध आक्रामक देखिएका छन्।”

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, इरानसहित विश्वशक्ति राष्ट्रबीच इरानको आणविक कार्यक्रमका बिषयमा अन्तर्राष्ट्रिय सम्झौतालाई मान्यता नदिने निर्णयले इरानलाई पछिल्लो समय चेतावनी दिइरहेको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell