
एजेन्सीः भ्रस्टाचार मुद्दा छानविनका क्रममा साउदी अरेवियाका राजकुमार अल वालिद विन तलालसहित ११ राजकुमार पक्राउ परेका छन्। पक्राउ पर्नेमा चार बाहलवाला मन्त्री र दश पूर्वमन्त्री पनि छन्।
पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन। आरोपको विवरण पनि सार्वजनिक गरिएको छैन।
तर, डेलीमेलले स्थानीय स्रोत उद्रृत गर्दै साउदी राजकुमार अल वालिद विन तलाल पक्राउ परेको दाबी गरेको छ। न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले पनि तलाल पक्राउ परेको उल्लेख गरेको छ।
तलाललाई तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले नेपाल भ्रमणका दौरान महाउज्जल राष्ट्रदीप विभूषणसहित सम्मान दिएको थियो। उनी विश्वकै धनीमध्येका व्यक्तिमा पर्दछन।
भस्टाचार नियन्त्रणका लागि ‘एन्टी करप्सन कमिशन’ गठन भएको चार घन्टामै उनीहरु पक्राउ परेका हुन्। सन् २००९ देखि २०१२ सम्मको मर्स भाइरस संक्रमणका बेला भएको घटनाको सुरुवातदेखि अनुसन्धानका लागि पक्राउ गरिएको सञ्चार माध्यमरुको दाबी छ।
साउदीको सरकारी समाचार संस्था ‘एसपीए’का अनुसार एन्टी करप्सन जाँचबुझ समितिका अध्यक्ष मोहम्मद बिन सलमान रहेका छन्। यो समितिले पक्राउ वारेन्ट जारी गर्नेदेखि यात्रा प्रतिवन्धको अधिकार पनि पाएको छ।
विन तलाल फब्र्सले तयार पार्ने विश्वका धनीहरुको सूचीमा १८ अर्ब डलरसहित खाडीका सबैभन्दा धनी व्याक्तिका रुपमा सूचित छन्।
यो पनि पढ्नुस्