PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

नेतृत्व संकटले कांग्रेस कमजोर : प्रचण्ड



पहिलोपोस्ट

नेतृत्व संकटले कांग्रेस कमजोर : प्रचण्ड

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको बताएका छन्।

चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वको संकटका कारण कांग्रेस कमजोर बन्दै गएको बताए।

उनले भने,‘इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ। तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ। अब तपाईँहरु वामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस्। तपाईँहरु पनि मिल्नुस्। बिपीको आदर्शतिर फर्कनुस्, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ।’
स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै प्रचण्डले स्थीर राजनीतिका लागि नै वाम तालमेल भएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell