कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर जंगली हात्तीको बथानले भत्काएको छ।
हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो। हात्तीको बथानले घरभित्र राखेको अन्न खानुका साथै अन्य सामान नष्ट गरेको छ।
घरभित्र सुतेका बासिन्दाले भने भागेर ज्यान जोगाएका छन्। हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाएका थिए।
स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताए।
उनका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान बस्तीमा पसेका थिए। यस अघि नगरपालिकाकै गर्जमुनीका स्थानीय बासिन्दाको घर हात्तीको बथानले भत्काएको थियो।रासस