PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सुरक्षाको कारण देखाउँदै लेवनानका प्रधानमन्त्रीले दिए राजिनामा



पहिलोपोस्ट

सुरक्षाको कारण देखाउँदै लेवनानका प्रधानमन्त्रीले दिए राजिनामा
फोटो श्रोतः cbc.ca

लेबनान :  लेबनानी प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा दिएका छन्।

साउदी अरबको अल अरेबीया समाचार सञ्जालमार्फत प्रसारण गरिएको सम्बोधनमा उनले इरानी प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको घोषणा गरेका हुन्।

दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीले भने,‘मेरो जीवनमा खतरा निम्ताउने षड्यन्त्र भएको महसुस भएपछि मैले राजिनामा दिएको छु।’

हरीरीका पिता रफिकको पनि प्रधानमन्त्री नै रहेको समयमा सन् २००५ मा हत्या गरिएको थियो। रफिकको हत्यामा इरान तथा लेवनानी सिया समूह हेजबुल्लाहको सम्लग्नता रहेको बताइँदै आएको छ। रासस/एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell