PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

डब्लुसिएलमा युएईसंग खेल्नु अघि नेपालले अमेरिकासंग क्रिकेट खेल्ने



पहिलोपोस्ट

डब्लुसिएलमा युएईसंग खेल्नु अघि नेपालले अमेरिकासंग क्रिकेट खेल्ने

काठमाडौं : नेपाली क्रिकेट टिमको प्रशिक्षक छाडेपछि पुबुदु दानायके पहिलो पटक नेपाली क्रिकेट टोली विरुद्ध रणनिति बनाउने भएका छन्।

अमेरिकाले युएई र ओमानको टुरमा नेपाल र केन्यासंग खेल्ने खेल तालिका बनाएपछि आगामी डिसेम्वरमा नेपाल र अमेरिकाले मैत्रीपूर्ण खेल खेल्ने भएका हुन्।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत युएई विरुद्धको अन्तिम चरणको खेल अघि नेपालले अमेरिकासंग खेल्न लागेको हो। नेपाल र अमेरिकाबीचको खेल डिसेम्वर १ मा हुनेछ।

नयाँ स्वरुपमा युएसए क्रिकेट बनाएपछि अमेरिका गल्फ टुरमा निस्कन लागेको हो। अमेरिकाले टुर अन्तर्गत डिसेम्वर २ मा केन्यासंग खेल्नेछ भने ओमानसंग डिसेम्वर ४, ५ र ७ मा मस्कटमा तीन खेल खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell