विराटनगर : मोरङमा आगामी प्रतिनिभिसभा तथा प्रदेश सभा निर्वाचनका लागि ६ लाखभन्दा बढी मतदाता छन्। एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका भएको मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन्।
स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले गरेको मतदाता संकलनका क्रममा ७० हजार २८२ मतदाता थपिएका हुन्।
६ वटा संसदीय क्षेत्र भएको मोरङमा सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा एक लाख २७ हजार ४९५ जना मतदाता छन्। ति मध्ये ६० हजार ७४९ पुरुष र ६६ हजार ७४६ महिला मतदाता रहेका जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
जिल्लामा सबैभन्दा कम मतदाता क्षेत्र नम्बर ५ मा छन्। यस क्षेत्रमा ४८ हजार ८६६ पुरुष र ४० हजार ४२१ महिला गरी ८९ हजार २८७ मतदाता छन्।
सोहीअनुरुप, मोरङको क्षेत्र नं–१ मा ५१ हजार ७३७ पुरुष र ५५ हजार ४९७ महिला गरी एक लाख सात हजार २३४, क्षेत्र नं–२ मा ५१ हजार ५०७ पुरुष र ५३ हजार ८१३ महिला तथा एक तेस्रो लिंगी गरी एक लाख ११ हजार ३२१ मतदाता पुगेका छन्।
त्यस्तै क्षेत्र नं–४ मा ५० हजार ८८७ पुरुष र ४८ हजार २३६ महिला गरी ९९ हजार १२३ मतदाता छन् भने क्षेत्र नं–६ मा ५६ हजार २५९ पुरुष र ५४ हजार ६२ महिलाका साथै एक तेस्रो लिंगी गरी एक लाख १० हजार ३२२ मतदाता रहेको छ।
जिल्लामा तीन सय मतदानस्थल र मतदानकेन्द्र सातसय ५८ रहेका निर्वाचन कार्यालयले जनाएको छ।रासस