PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

एमाले नेताको दवावपछि कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी



पहिलोपोस्ट

एमाले नेताको दवावपछि कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं :  चर्चित लोक गायिका कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छन्।

प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी वलीले उम्मेदवारी फिर्ता लिएकी हुन्।

पहिलोपोस्टसँगको कुराकानीमा वलीले भनिन्, ‘अहिले भर्खरै मात्र उम्मेद्वारी फिर्ता लिएको हुँ।’

उनलाई उम्मेदवारी दिएको समयदेखि नै केही एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। केही समय अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी ओलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी थिइन्।

वलीले अब नेकपा एमालेलाई सहयोग गर्ने बताएकी छिन्। उनले भनिन्, ‘एमालेले टिकट नदिएर मलाई अन्याय गर्‍यो तर अब म एमालेलाई सहयोग गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell