PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कमल संघर्षलाई यस वर्षको 'जोगमाया चापागाईं गजल पुरस्कार'



पहिलोपोस्ट

कमल संघर्षलाई यस वर्षको 'जोगमाया चापागाईं गजल पुरस्कार'

काठमाडौं: जोगमाया चापागाईं गजल पुरुस्कार २०७४ गजलकार कमल संघर्षलाई प्रदान गरिएको छ। गतवर्ष प्रकाशित गजल संग्रह 'सडक'लाई कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिनुका साथै पुरस्कृत गजलकार कमल संघर्षको गजल वाचन समेत सम्पन्न भयो।

जोगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारमा २५ हजार राशी र ताम्रपत्र रहेको थियो। जोगमाया चापागाईं प्रतिष्ठानले हरेक वर्ष गजल लेखनमा सक्रिय रहेका मध्यबाट एकजनालाई पुरस्कार प्रदान गर्दै आएको छ।

सुदामा चापागाईंको अध्यक्षता र ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गजलकारले १ दर्जन गजलहरु वाचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell