PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

महन्थ ठाकुरको आग्रह : मधेशको भूमिमा मधेशीलाई जिताउनुस्



पहिलोपोस्ट

महन्थ ठाकुरको आग्रह : मधेशको भूमिमा मधेशीलाई जिताउनुस्

गौशाला :  राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पटक महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन्।  

महोत्तरीको जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए। उनले भने, ‘जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित गर्यो।’

उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई आग्रह गरे। ठाकुरले मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि आग्रह गरे।

ठाकुर महोत्तरीको पिपरा गाउँपालिकामा जन्मिएका हुन्। ठाकुरले महोत्तरी क्षेत्र नम्बर तीनबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell