
काठमाडौँ : निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्दैछ।
दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दिएकाले आज दिउँसो १ बजेसम्म नामावली फिर्ता लिने समय दिइएको थियो।
आयोगका प्रवक्ता नवराज ढकालले अहिलेसम्म कुनै उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएको जानकारी नआएको बताए।
उनले भने, ‘अहिलेसम्म उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएको जानकारी आएको छैन। अब हामी अन्तिम नामावली प्रकाशन र स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्हका लागि काम गरिरहेका छौँ।’