काठमाडौं : इम्प्याक्ट म्याराथन सिरिज अन्तर्गत नेपाल इम्याक्ट म्याराथन यही नोभेम्वर १८ मा ककनीमा हुने भएको छ। आयोजक इम्प्याक्ट म्याराथन सिरिजका सिइओ निक केर्शले आइतबार आयोजित पत्रकार सम्मेलनमा लगातार दोस्रो पटक नेपालमा म्याराथन सिरिज गर्न उत्साहित भएको बताए।
सिरिजमा १० किमी, २१ किमी र ४२ किमी गरेर विभिन्न ३ विधामा रेस हुने आयोजकले जनाएको छ।
निकले यस संस्करणमा ५० इन्टरनेशनल रनले सहभागिता जनाउने जानकारी दिए। उनका अनुसार म्याराथनमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इन्डोनेसिया लगायत देशबाट सहभागिहरु नेपाल आउनेछन्। सिन्धुपाल्चोकको बतासेबाट ३० महिला सहभागिलाई समेत आयोजकले आप्नै स्पोनसरमा सहभागि गराउने निकले बताए।
रेस डिरेक्टर भुपेन्द्र श्रेष्ठले यसपटक करिब ५ सय सहभागीले म्याराथनमा भाग लिने जनाए। उनले नेपाली राष्ट्रिय स्तरमा धावकहरुलाई पनि रेसमा सहभागी हुन इन्भाइट गरेको बताए।
गत संस्करणको म्याराथनबाट १ लाख ३४ हजार अमेरिकी डलर फण्ढ राइज भएको निकले जानकारी दए।
ककनीबाट शुरु भएर म्याराथन शिवपुरी घुम्दै ककनीमा पुगेर समाप्त हुनेछ। रेसको विजेताले कुनै नगद पुरस्कार नपाउने र ट्रफी मात्र पाउने निकले बताए।