
काठमाडौं: गोपीकृष्ण मुभिजले ८ हलिउड फिल्मको नेपाल प्रदर्शन गर्ने भएको छ। वाल्ट डिज्नीका प्रतिक्षित फिल्महरुको नेपाल वितरण गोपीकृष्णले राइट्स खरिद गरेको हो।
सन् २०१७ र २०१८ मा रिलिज हुने फिल्महरुको नेपालमा प्रदर्शन हुने बारे गोपीकृष्णले सूची सार्वजनिक गरेको हो। पहिलो फिल्म 'थोर: रागनारोक' शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ। फिल्मले मल्टिप्लेक्सहरुमा सो पाएको छ।
अन्य फिल्महरु ब्ल्याक प्यान्थर, अ रिंकल इन टाइम, कोको, एभेन्जर्स एन्फिनिटी वार, स्टार वार्स, एन्ट म्यान एण्ड वास्पहरु देखाइने भएको छ। यी फिल्महरु रिलिज गर्ने बारे गोपीकृष्ण प्रमुख निरज पौडेलले बताएका हुन्।