काठमाडौं: फिल्म 'रोमियो'को नयाँ गीत सार्वजनिक भएको छ। 'तिम्रो यादमा' बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो।
कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको गीतमा संगीत र शब्द पनि कुर्वानले दिएका छन्। गीतको भिडियोमा नीशा अधिकारी र हसन राजाको फिचरिङ रहेको छ। भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन्।
कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोमियो' युनिटले प्रचारको लागि अन्तिम गीत रिलिज गरेको हो। आउँदो शुक्रबार फिल्मले टार्गेट गरेको तेस्रो मिति हो। पहिलो मुस्लिम अभिनेता भनिएका हसनको खान निर्मित फिल्ममा पहिलो मुस्लिम अभिनेत्री ओसिमा बानुले डेब्यु गर्दै छिन्।
फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, बिकास खतिवडा, बिपेन गुरुङ लगायत कलाकारको मुख्य अभिनय रहेको छ। रोमियोलाई संकर कार्कीले निर्देशन गरेका हुन्।