PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

कानुनमन्त्री थापाले भने–कांग्रेसको विकल्पमा अन्य कुनै पार्टी छैन



पहिलोपोस्ट

कानुनमन्त्री थापाले भने–कांग्रेसको विकल्पमा अन्य कुनै पार्टी छैन

पोखरा :  कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली कांग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन्। 

कांग्रेस क्षेत्र नम्बर १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आज उद्घाटन गर्दै थापाले देशको समग्र आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे। 

कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेसकै बहुमतको सरकारबाट मात्रै कार्यान्वयन हुन सक्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell