PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

'बुगी वुगी'को जज बन्दै प्रियङ्का कार्की र दिलिप रायमाझी पनि



पहिलोपोस्ट

'बुगी वुगी'को जज बन्दै प्रियङ्का कार्की र दिलिप रायमाझी पनि

नेपालमा अन्तराष्ट्रिय टिभी कार्यक्रमको फ्रेन्चाइज स्वरुप डान्सिङ रियालिटी सो 'बुगी वुगी' सुरु हुँदैछ। कार्यक्रमको निर्णायक मण्डलमा भने दुई कलाकार र एक नृत्य निर्देशक रहने भएका छन्।

अभिनेत्री प्रियङ्का कार्की, अभिनेता दिलिप रायमाझी र नृत्य निर्देशक कविराज गहतराज रहने बारे कार्यक्रम सञ्चार व्यवस्थापक रितिका खरेलले जानकारी दिइन्। भनिन्,'हाल अनलाइन अडिशनका लागि प्रतियोगी चयन गर्नका लागि आन्तरिक जज हुनुन्छ। प्रशारण हुने राउण्डबाट उहाँहरुले निर्णय गर्नु हुनेछ।'

अहिले बुगी वुगी एपमार्फत कार्यक्रम अनलाइन अडिशन चलिरहेको छ। प्रतियोगिताको स्थलगत अडिशन भने नहुने खरेलले जानकारी दिइन्। अब नाच्छ नेपाल भन्ने नारा सहित एपीवान टिभीले प्रतियोगिता सुरु गर्न लागेको हो।

कार्यक्रममा सहभागी हुनका लागि के छन् त मापदण्ड?

१४ वर्षदेखि ४० वर्षसम्म उमेर समुहका सहभागी हुन पाउने, 

सहभागी एकल वा महिला–महिला, पुरुष– पुरुष, महिला –पुरुष जोडी हुन सक्ने

प्रष्ट भिडियो नेपाली गीतमा नाचेको हुनुपर्ने

भिडियोको समय बढीमा ६० मिनेट हुनुपर्ने

भिडियोको रेजोलुशन ४८० पिक्सेल वा ७२० पिक्सेल सम्मको हुनुपर्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell