PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

समृद्ध नेपाल निर्माणका लागि लोकतन्त्र पक्षधरको जित जरुरी : गच्छदार



पहिलोपोस्ट

समृद्ध नेपाल निर्माणका लागि लोकतन्त्र पक्षधरको जित जरुरी : गच्छदार

इटहरी :  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताएका छन्। 

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीबाट मात्र जनताल चाहेको असली परिवर्तन प्राप्त गर्ने विश्वास गरेर नै नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको स्पष्ट पारे। 

उनले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउँदै स्वतन्त्र ढंगले देशको उन्नतिमा थप टेवा पुर्याउन लोकतान्त्रिक गठबन्धन जरुरी रहेको बताए।

लोकतन्त्रलाई संस्थागत ढंगले मजबुत पारी आदिवासी जनजाति, पिछडिएका वर्ग, सीमान्तकृत समुदाय र दुर्गम पहाड एवं उच्च हिमाली क्षेत्रका जनतालाईसमेत समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य रहेको उनको भनाई थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell