PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

क्याटालोनियाका नेताले बेल्जियमबाटै अदालतलाई सहयोग गर्ने



पहिलोपोस्ट

क्याटालोनियाका नेताले बेल्जियमबाटै अदालतलाई सहयोग गर्ने
फोटो श्रोतः scmp.com

ब्रसेल्स :  स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्डमोनले आफू र अन्य पाँच नेताविरुद्ध लगाइएको आरोपका बारेमा बेल्जियमकै अदालतबाट सहयोग लिन चाहेको बताएका छन्। 

उनले ट्विटरमा लेखेका छन्,‘पक्राउ गर्नका लागि स्पेनले पत्राचार गरेको अवस्थामा हामी बेल्जियमको अदालतसँग सहयोग लिन तयार रहेका छौँ ।’ 

उनले आफूहरुमाथिका कानुनी विषयमा बेल्जियमको अदालतबाट न्याय लिने तथा अनुसन्धानका लागि आवश्यक मुद्दामा सो अदालतलाई सहयोग गर्ने पनि बताएका छन्। 

स्पेनले उनलाई पक्राउ गर्नका लागि पठाएको पत्र बेल्जियमको न्यायाधिवक्ता कार्यालयले शुक्रबार बेलुका प्राप्त गरेको छ। स्पेनले युरोपेली सङ्घका पाँच वटा देशबाट उनलाई पक्राउ गर्न सकिनेगरी पक्राउ आदेश जारी गरेको छ। 

पुज्डमोनसहित पाँच जनालाई स्पेनले विद्रोह, राज्यद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोगलगायतका आरोप लगाएको छ। 

न्यायाधिवक्ताको कार्यालयले शनिबार वक्तव्य जारीगर्दै न्यायिक निकायले कसरी काम गर्छ भन्ने बारेमा विस्तृतमा जानकारी दिएको छ। 

संविधानको उल्लङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न स्पेनको अदालतले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएपनि उपस्थित नभएपछि पक्राउ आदेश जारी गरिएको हो। 

केन्द्रीय सरकारले बर्खास्त गरेपछि अदालतले बोलाउनु अघि नै उनीहरु गतहप्ता बेल्जियम आएका हुन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell