PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कर्मचारीले मतदान गर्न पाउलान्?  सर्वोच्चले डाक्यो एमिकस क्युरी



पहिलोपोस्ट

कर्मचारीले मतदान गर्न पाउलान्?  सर्वोच्चले डाक्यो एमिकस क्युरी

काठमाडौँ : निर्वाचनका लागि खटिएका कर्मचारीहरुले पनि मतदान गर्न पाउनु पर्ने माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले एमिकस क्युरी डाकेको छ। 

कामु प्रधानन्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदनको गाम्भीर्यतासमेतलाई विचार गरी नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताहरु एमिकस क्युरीको रुपमा उपस्थित गराउन आदेश दिएको हो। 

यसअघिका संविधान सभा निर्वाचनहरुमा निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई समानुपातिकतर्फ मतदान गर्ने अधिकार दिएको थियो। यस पटक भने प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा मतदान हुन लागेका भए पनि आयोगले मतदान गर्न पाउने निर्णय गरेको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell