PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

यू-१९ क्रिकेट : आसिफको ९० रन, नेपालले बंगलादेशलाई ६ विकेटले हरायो



पहिलोपोस्ट

यू-१९ क्रिकेट : आसिफको ९० रन, नेपालले बंगलादेशलाई ६ विकेटले हरायो

काठमाडौं : ब्याटिङमा सुधारिएको प्रदर्शन गरेपछि नेपाल यू-१९ ले बंगलादेश यू-१९ माथि तेस्रो तथा अन्तिम खेलमा जित हात पारेको हो।

एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोलीले आइतबार घरेलु टोलीलाई ६ विकेटले पराजित गर्दै यसअघिका दुई हारको बदला समेत लिएको छ।

२२६ रनको लक्ष्य नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा ओपनर मोहम्मद आसिफ शेखले सर्वाधिक ९० रन बनाए। यस्तै बंगलादेश टुरमा पहिलो पटक खेलेका जितेन्द्र सिंह ठकुरीले ४५ रनको योगदान गरे।

आसिफ र जितेन्द्रले पहिलो विकेटका लागि १३९ रनको साझेदारी गरे। यस्तै रोहित कुमार पौडेलले २५ तथा अनिल कुमार शाहले १५ रन जोडे भने कप्तान दीपेन्द्र सिंह ऐरी ३५ रनमा नटआउट रहे।

बिकेएसपीजीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा २२५ रन बनाएको थियो। बंगलादेशका लागि अनिमुल इस्लामले नटआउट रहदै सर्वाधिक ८० रन बनाए।

यस्तै मोहम्मद रकिवले ३९ तथा पिनाक घोषले २३ रन जोडे। नेपालका शहाब आलमले ३ तथाअ निमल कुमार शाहले २ विकेट लिए।

नेपालका आसिफ शेख खेलको म्यान अफ दी म्याच घोषित भए।

आगामी बिहिबारदेखि मलेसियामा शुरु हुने एसीसी यू-१९ एसिया कपमा नेपाल र बंगलादेशसंगै समूह ए मा भारत र मलेसिया छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell