PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, युवा संघका जिल्ला अध्यक्ष गम्भीर घाइते



पहिलोपोस्ट

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, युवा संघका जिल्ला अध्यक्ष गम्भीर घाइते

डोल्पा : डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । 

चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन्। 

माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ। 

चिर्पट प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रचार टोली गाउँमा पुगिसकेपछि शाहीमाथि आक्रमण भएको एमालेले जनाएको छ। 

कुटपिटपछि गम्भीर घाइते भएका शाहीको प्रारम्भिक उपचार कालिका फेमली अस्पतालमा गर्दा पनि होस नखुलेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell