PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने? कांग्रेसले थाल्यो आन्तरिक छलफल 



पहिलोपोस्ट

आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने? कांग्रेसले थाल्यो आन्तरिक छलफल 

काठमाडौँ : नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन पार्टीको आन्तरिक छलफल र तयारी सुरु गरेको छ । 

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आफ्नातर्फका उम्मेदवारलाई विजयी गराउन बृहत् छलफल सुरु गरेको हो । समितिको संयोजकमा नेता बालकृष्ण खाँण छन्। 

समितिले आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) लगायतका संस्थासँग छलफल गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

त्यसैगरी, आजै केन्द्रीय निर्वाचन परिचालन समितिले गत स्थानीय तह निर्वाचन, २०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचारप्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका काम र भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो। 

समितिले सबै जिल्लामा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला कार्यसमितिले तोकेको व्यक्ति संयोजक र नेपाल प्रेस युनियन जिल्लाका अध्यक्ष सहसंयोजक रहने गरी जिल्ला निर्वाचन प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरिसकेको जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell