PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार नवौँ जित, आर्सनल ३-१ ले पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार नवौँ जित, आर्सनल ३-१ ले पराजित

लिग लिडर म्यानचेष्टर सिटीले यस सिजन प्रिमियर लिगमा अपराजित यात्रालाई ११ खेलसम्म पूर्‍याउँदा लगातार ९ खेलमा जित हात पारेको छ।

लिग अन्तर्गत आइतबार भएको खेलमा सिटीले आर्सनललाई ३-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो। जितपछि ११ खेलबाट सिटीको ३१ अंक छ। जुन दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भन्दा ८ अंकले बढी हो।

दोस्रो चरणमा एभरटनसंग बराबरी खेलेयता सिटीको यो लगातार नवौँ जित हो। घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाज्ञ शानदार जित दिलाउन केभिन डे ब्रुएना, सर्जियो अगुएरो र गाब्रिएल जेससले गोल गरे।

आर्सनलका लागि एलेक्जान्ड लाजाकेटेले एक गोल फर्काए।

यस सिजन आर्सनलको यो चौथो हार हो। हारपछि आर्सनल शीर्ष स्थानको सिटीभन्दा १२ अंकले पछाडी भने १९ अंकका साथ छैटौँ स्थानमा छ।

लिगकै अर्को खेलमा टोटनहमले क्रिस्टल प्यालेसमाथि १-० को कठिन जित निकालेको छ। टोटद्दहमलाई ३ अंक दिलाउन होन मन सनले दोस्रो हाफमा निर्णायक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell