PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

२५९ जनाको उम्मेदवारी फिर्ता, ४४८२ जनालाई निर्वाचन चिह्न प्रदान



पहिलोपोस्ट

२५९ जनाको उम्मेदवारी फिर्ता, ४४८२ जनालाई निर्वाचन चिह्न प्रदान

काठमाडौं :  दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये चार हजार चार सय ८२ जना उम्मेदवारलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको छ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको कुल संख्या ४,७४७ कायम रहेकोमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४,४८२ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको जानकारी आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त भएको छ।

प्राप्त अन्तिम विवरण अनुसार दुई जनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५९ जनाको उम्मेदवारी फिर्ता गरी जम्मा २६५ जनाको नाम उम्मेदवारको सूचीबाट हटेको छ। निर्वाचन चिह्न प्रदान गरिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले भोलिबाट प्रचार प्रसार सुरु गर्नेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell