PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

इटालियन सिरी ए : शीर्ष स्थानको नेपोली बराबरीमा रोकियो, युभेन्ट्सको ‘कमब्याक विन’



पहिलोपोस्ट

इटालियन सिरी ए : शीर्ष स्थानको नेपोली बराबरीमा रोकियो, युभेन्ट्सको ‘कमब्याक विन’

इटालियन सिरी ए मा आइतबार शीर्ष स्थानको नेपोली र इन्टर मिलान बराबरीमा रोकिदा युभेन्ट्सले भने पुनरागमन जित हात पारेको छ।

शीर्ष स्थानको नेपोली चिएभो भेरोनासंग गोलरहित बराबरीमा रोकियो भने इन्टर मिलानले घरेलु मैदानमै टोरिनोसंग १-१ को बराबरी खेल्दै अंक बाँड्यो।

यसको फाइदा एक गोलले पछि परेको स्थिती उल्टाएर जित हात पारेको युभेन्ट्सलाई पुग्यो। घरेलु मैदानमा नवप्रवेशी बेनेभेन्टो विरुद्ध युभेन्ट्सलाई जित दिलाउन गोन्जालो हिग्वेन र जुवान कोड्रोबाले दोस्रो हाफमा गोल गरे। त्यसअघि अमातो सिसिरेट्टीले गोल गर्दै बेनेभेन्टोलाई पहिले अग्रता दिलाएका थिए।

पहिलो हाफको अग्रता जोगाउन नसक्दा बेनेभेन्टोले भने यस सिजन लगातार १२ हार बेहोरेको छ।

युभेन्टसको जितपछि सिरी ए मा पहिलो र तेस्रो स्थानमा रहने टिमबीच दुई अंकको मात्र फरक छ।  

१२ खेलपछि ३२ अंक जोडेको नेपोली शीर्ष स्थानमा कायमै छ। घरेलु मैदानमा ३ अंक जोडेको युभेन्टस ३२ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ भने ३१ अंक रहेको इन्टर तेस्रो स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell