PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रिमियर लिग : चेल्सीले युनाइटेडलाई हरायो, मोराटाको निर्णायक गोल



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीले युनाइटेडलाई हरायो, मोराटाको निर्णायक गोल

अल्भारो मोराटाले गरेको निर्णायक गोल मद्दतमा चेल्सीले प्रिमियर लिग खेलमा म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा मोराटाले ५५ औँ मिनेटमा हेडमार्फत गोल गरेका थिए।

जितपछि चेल्सीले ११ खेलबाट २२ अंक जोड्दै युनाइटेड र टोटनहमसंग अंक दूरी कम गरेको छ। हारपछि पनि ११ खेलबाट २३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम छ। समान खेलबाट २३ अंक नै रहेको टोटनहम गोल अन्तर पछि पर्दै तेस्रो स्थानमा छ।

यता अपराजित रहदै ३१ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ।

लिगकै अर्को खेलमा एभरटनले २ गोलले पछि परेको स्थिती उल्टाउँदै वाटफोर्डलाई ३-२ ले पराजित गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell