PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ला लिगा : रियल मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड विजयी

ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड विजयी भएको छ। घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा रियलले लस पलमसलाई ३-० ले हरायो।

रियलका लागि कासेमिरो, मार्को असेन्सिओ र इसक्ले एक-एक गोल गरे। जितपछि १२ खेलबाट २३ अंक जोडेकों रियल मड्रिड अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। भने शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंकले पछि छ।

११औँ चरणको खेल समाप्तीपछि बार्सिलोना ३१ अंकका साथ शीर्ष स्थानमा छ भने २७ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छ।

यस्तै मालागालाई २-० ले हराउँदै भियारियल पाँचौ स्थानमा उक्लेको छ। भियारियलका लागि दुवै गोल निकोलस सानसोनले गरे।

ला लिगाकै अन्य खेलमा सेल्टाभिगोले एथ्लेटिक विल्वाओलाई तथा रियल सोसिडाडले आइबरलाई सममान ३-१ ले हराए। गिरोनाले लभान्टेलाई २-१ ले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell