नवलपरासी नेपालकै सबैभन्दा कान्छो जिल्लाका रुपमा परिचित नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लामा जिल्ला प्रशासन कार्यालय स्थापना भएको छ।
तत्कालका लागि नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लाको नामाकरण गरिएको नवलपुर क्षेत्रको सदरमुकाम कावासोतीलाई आधार मानी जिल्ला प्रशासन कार्यालय स्थापना गरिएको हो।
यसअगावै कावासोती रहेको इलाका प्रशासन कार्यालयका रुपमा रहेको सोही कार्यालयलाई जिल्ला प्रशासन कार्यालयका रुपमा रुपान्तरण गरिएको छ। कार्यालयको प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आइतबारदेखि जिम्मेवारी पाएका छन्।
सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना गरेपछि यहाँको चहलपहल सदाको झैँ निकै बढेको छ। यसअगावै नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला नवलपुर क्षेत्रमा जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयलगायतका कार्यालय स्थापना भइसकेका छन्। रासस