PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु 



पहिलोपोस्ट

साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु 

एजेन्सीः साउदीका राजकुमार मन्सुर बिन मकरिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। यमनको सीमा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा राजकुमार मकरिनको मृत्यु भएको हो। 

हेलिकप्टरमा राजकुमार बाहेक अन्य सातजना रहेको अरबन्युजले जनाएको छ। उच्च सरकारी अधिकारीसहितको नियमित भ्रमणबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

साउदीमा भ्रस्टाचारको आरोपमा ११ राजकुमार, चार मन्त्री र केही पूर्वमन्त्री पक्राउ परेको भोलिपल्टै यो दुर्घटना भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell